मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १७ शनिबार
  • Saturday, 30 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २९ शुक्रबार १२:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा छैन : सहमहामन्त्री महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २९ शुक्रबार १२:५८:००

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय सामाजिक सञ्जालमा प्रचार भइरहेको ‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। यस सम्बन्धमा आफ्नो नाम जोडेर प्रचार गरिएको भन्दै विज्ञप्ति निकालेर यसबारे स्पष्ट पारेका हुन् ।

‘मैले प्रधानमन्त्रीको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताहरूका बीचमा राखेका कुरालाई जोडेर ‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेको कुरा सञ्चारमाध्यमहरूमा एकपछि अर्को गरी सुनियोजित रूपमा सम्प्रेषण गरिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

उनले प्रधानमन्त्री देउवाले विभिन्न समयमा गरेका राम्रा कामहरूलाई तथ्य र आधारसहित बाहिर ल्याउन सकिने भए पनि अहिलेको भिडियोमा त्यस्तो नरहेको उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्रीका कामका सम्बन्धमा सामाजिक सञ्जालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर आफूले प्रश्न मात्र राखेको र सोही विषयलाई भ्रामक रूपमा प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ।