१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्ववन राज्यमन्त्रीका पिए भ्रष्टाचार मुद्दामा आठ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:२३:oo

प्रहरीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्ववन राज्यमन्त्रीका स्वकीय सचिव (पिए)लाई आठ वर्षपछि पक्राउ गरेको छ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सजाय सुनाएपछि फरार भएकाे आठ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो ।

पूर्ववन राज्यमन्त्री लक्ष्मणलाल मेहताका स्वकीय सचिव (पिए) रहेका सिराहाको नवराजपुर गाउँपालिका– १ करमनियाका ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ गरी फैसला कार्यान्वयनको क्रममा जिल्ला अदालत सिराहामा बुझाएपछि यादवलाई बिहीबार जिल्ला कारागार सिराहा चलान गरिएको सिराहा प्रहरीका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताएका छन् । सर्वोच्च अदालतले ०७० असार ३१ मा भ्रष्टाचार गरेको प्रमाणित गरेको थियो । सर्वोच्च अदालतले एक महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 

पूर्ववन राज्यमन्त्री महतोका स्वकीय सचिव यादवलाई ५० हजार घुस लिँदालिँदै ०६८ फागुन १७ मा रंगेहात पक्राउ गरिएको थियो । काठमाडौंको बिजुलीबजारमा रहेको पिक प्वाइन्ट रेस्टुरेन्टमा घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन डिएसपी लालमणि आचार्य नेतृत्व टोलीले पक्राउ गरेको थियो ।
 

ad
ad