१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
अशोक स्वाइन
२o८१ जेठ ५ शनिबार o९:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

टर्कीको कब्जामा इराक–सिरिया हिस्साको जलस्रोत

इराक र सिरियाले चरम जल संकट व्यहोरिरहेका छन् र घरेलु पानी आपूर्ति एवं सिँचाइको माग धान्न सकिरहेका छैनन्

Read Time : > 2 मिनेट
अशोक स्वाइन
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:४६:oo

सिआइएले १९८० मा पानीको हाहाकारका कारण कमसेकम दस ठाउँमा युद्ध हुन सक्ने चेतावनी दिएको थियो । उल्लिखित अधिकांश ठाउँ मध्यपूर्वमा पर्छन् । मध्यपूर्वले हालसम्म ‘जलयुद्ध’ भोगेको छैन । यद्यपि, अवस्था विकराल हुँदै गइरहेको छ । प्रतिव्यक्तिका हिसाबमा मध्यपूर्वमा सबैभन्दा कम पानी उपलब्ध छ । मध्यपूर्वको करिब एक प्रतिशत पानीका स्रोतले विश्वकै पाँच प्रतिशत जनसंख्यालाई पानी उपलब्ध गराउँछ । अधिकांश मध्यपूर्वी मुलुक विभिन्न मुलुक हुँदै बग्ने सीमापार नदीमा भारी रूपमा निर्भर छन् । 

केही वर्षयता नाइल नदी क्षेत्रमा भएका युद्धका धम्कीले विश्वको ध्यान खिचेको छ । अन्तर्राष्ट्रिय समुदाय नाइलमा व्यस्त भएको अवस्थामा टर्कीको साउथ–इस्टर्न अनाटोलिया प्रोजेक्ट (ग्याप)ले दशकौँदेखि युफ्रेटस–टिग्रिस नदीको तल्लो तटीय क्षेत्रमा पानीको संकट झन् गहिरिँदै गएको छ । युफ्रेटस र टिग्रिस मध्यपूर्वको सबैभन्दा दुई ठूला नदी हुन् । दुवै नदीको  उद्गमस्थल टर्कीको एनाटोलियाका उच्च पहाडी क्षेत्र हुन् । यी नदी सिरिया र इराकका मेसोपोटामियाली समथल मरुभूमि हुँदै बग्छन् र इराकको कुर्नामा मिसिएर सत अल–अरब नदी बनेर अन्ततः खाडीमा पुग्छन् । युफ्रेटसमा टर्कीले ९० प्रतिशत र सिरियाले १० प्रतिशत तथा टिग्रिसमा टर्कीले ४० प्रतिशत, इराकले ४९ प्रतिशत र इरानले नौ प्रतिशत पानीको बहावको योगदान दिन्छन् । 

पछिल्लो शताब्दीको पहिलो ५० वर्षमा राष्ट्रिय आवश्यकताको तुलनामा यी नदीमा प्रशस्त पानी थियो । तटीय  क्षेत्रका मुलुकले सीमित मात्रामा पानीको प्रयोग गरेका थिए । १९६० को दशकदेखि बढ्दो विकासका महत्वाकांक्षाले व्यापक प्रतिस्पर्धा निम्त्यायो । जल राजनीतिक सम्बन्धलाई एकतर्फी विशालकाय जल योजनाले प्रभावित गरे । १९६० ताका मुख्य क्षेत्रीय विकास योजनाअन्तर्गत टर्कीले ग्याप परियोजना निर्माण थाल्यो, जसको उद्देश्य युफ्रेटस–टिग्रिसको पानीलाई एकत्रित गरेर सिँचाइ, जलविद्युत् उत्पादन र पानी आपूर्ति गर्नु थियो । टर्कीका २२ ठूला बाँधको विशाल परियोजनाले २५ प्रतिशत पानीमा कब्जा जमाउने उद्देश्य लिएको छ । यसका पछाडी दक्षिणपूर्वी एनाटोलिया क्षेत्रको सामाजिक आर्थिक विकासलाई देखाइएको छ । 

टर्कीको ग्याप परियोजनाले सिरिया र इराकमा गम्भीर जल सुरक्षा चुनौती थप्दै आएको छ । उसो त १९७० र १९८० का दशकमा द्विपक्षीय सम्झौता नभएका होइनन्, तर शीतयुद्धको राजनीतिले दिगो जल बाँडफाँडको प्रक्रिया अघि बढ्न सकेन । टर्कीले कुर्द मुद्दाका कारण बाँध निर्माणलाई सहज बनायो । १९९० मा इराकले कुवेतमाथि अतिक्रमण गर्दा टर्कीले इराकमा जलप्रवाह बन्द गराइदिएको थियो । यो शताब्दीको सुरुवाती वर्षमा क्षेत्रीय सुरक्षाका केही आयामले गर्दा सहकार्यका संकेतलाई सतहमा ल्याइदिएको थियो ।

टर्कीले इराक र सिरियासँग सीमापार नदीहरूको व्यवस्थापनका लागि सम्झौता (एमओयू) नै गर्‍यो । तर, अस्थिर तटीय क्षेत्रमा जल आधारित सहकार्य अगाडि बढ्न सकेन । टर्कीप्रति अविश्वासका कारण इराक र सिरियाका संसद्ले एमओयूलाई अस्वीकार गरिदिए । सिरियाको गृहयुद्धले युफ्रेटस–टिग्रिसको पानीको साझा सहकार्य गर्ने प्रयासलाई अन्त्य गरिदियो । टर्कीले राजनीतिक अस्थिरताको बहानामा तल्लो तटीय क्षेत्रको जल नियन्त्रणमा थप शक्ति लगायो र भौगोलिक सुरक्षाको सौदाको विषय बनायो । २०१५–२०१६ मा इस्लामिक स्टेट (आइएस)ले इराक र सिरियामा रहेका बाँधलाई वेलावेलामा जल हतियारका रूपमा पनि प्रयोग ग¥यो । 

टर्कीको ग्याप परियोजनाबाहेक इरानले पनि आफ्नो जलस्रोतको विकास गर्न थालिसकेको छ । उसो त यसको तटीय क्षेत्रमा न्यूनतम योगदान छ, तर यसले इराकको जल संकट बढाउने देखिन्छ । इराकको ९० प्रतिशत सफा पानीको स्रोत युफ्रेटस–टिग्रिसको जलप्रवाहमा निर्भर छ । ग्याप परियोजना सम्पन्न भइसकेको छैन, तर सिरिया र इराकमा हुने जलप्रवाह ४० प्रतिशतले घटिसकेको छ ।

तटीय क्षेत्रमा न्यूनतम जलप्रवाह जुलाई र अगस्टमा देखिन्छ ।  बर्सेनि दोहोरिइरहने खडेरीले यसपालि धेरै क्षति पु¥याएको छ । इराक र सिरियाले चरम जल संकट व्यहोरिरहेका छन् र घरेलु पानी आपूर्ति एवं सिँचाइको माग धान्न सकिरहेका छैनन् । इराकको युनेस्कोमा सूचीकृत प्रसिद्ध सम्पदास्थल रहेको सिमसार क्षेत्र पारिस्थितिक प्रणाली एवं मानवीय संकट ल्याउने गरी बिस्तारै हराउँदै छ । सिरियामा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले ५० हजारभन्दा बढी घरधुरी किसानले युफ्रेटस नदीमा पानीको सतह तल झरेका कारण जीविकाको स्रोत गुमाउने चेतावनी दिइसकेको छ ।  

यो जल संकटले निःसन्देह सिरिया र इराकको शान्ति निर्माणमा ठूलो तगारो थपिदिएको छ । यता टर्कीले दशकौँदेखि युफ्रेटस–टिग्रिस नदीको हिस्सेदारीमा कुनै चासो देखाएको छैन । टर्कीले माथिल्लो तटीय क्षेत्रलाई निषेधकारी रूपमा प्रयोग गर्दै आएको छ । स्मरणीय रहोस्, जलस्रोतसम्बन्धी संयुक्त राष्ट्र संघको १९९७ को महासन्धिविरुद्ध हस्ताक्षर गर्ने तीन मुलुकमा टर्की पनि एक हो । जल संकटले युद्ध निम्त्याइसकेको त छैन, तर गृहयुद्धमा योगदान पु¥याएको छ । दिगो विकासका लागि अन्तर्राष्ट्रिय समुदायले युफ्रेटस–टिग्रिस नदीका मामिलामा टर्कीलाई वर्चस्ववादी रबैया त्याग्न दबाब दिनुपर्छ । गृहयुद्ध दोहरीरहने गर्छ, तसर्थ तटीय क्षेत्रमा दीर्घकालीन शान्तिका लागि पनि इराक र सिरियाले आफ्नो हिस्साको न्यायपूर्ण पानी पाउनुपर्छ ।   
(स्वाइन स्विडेनस्थित उप्साला युनिभर्सिटीका प्राध्यापक हुन्)  गल्फ न्युजबाट          

ad
ad