
आइपिएलको १८ वर्षको इतिहासमा पहिलोपटक उपाधि जितेको रोयल च्यालेन्जर्स बेंग्लाेरले २० करोड भारु (३२ करोड नेपाली रुपैयाँ) पुरस्कार राशि हात पारेको छ। । मंगलबार भएको फाइनल खेलमा पन्जाबलाई हराउँदै आरसिबीले उपाधि जितेको हो।
त्यस्तै, उपविजेता भनेको पन्जाबले १२ करोड ५० लाख भारु (२० करोड ४० लाख नेपाली रुपैयाँ) बराबरको पुरस्कार पाएको छ।
फाइनल खेलमा पन्जाबलाई आरसिबीले ६ रनले हराएको हो। पहिले ब्याटिङ गरेको आरसिबीले १९० रन बनाएकोमा पन्जाब १८६ रनमै सीमित बनेको हो। पन्जाबले पनि हालसम्म उपाधि जितेको छैन।