१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २६ मंगलबार
  • Friday, 05 July, 2024
२o७८ श्रावण २६ मंगलबार १७:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से हालसम्मकै उच्च बिन्दुमा, कारोबार रकम साढे १७ अर्बमाथि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २६ मंगलबार १७:५९:oo

नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार नेप्से ५१ दशमलव ८६ अंकले बढेर ३१ सय ६१.४४ बिन्दुमा पुुगेको छ । 

सोमबार हाइड्रोपावरतर्फ आकर्षण बढाएका लगानीकर्ताले मंगलबार भने फाइनान्स र विकास बैंकमार्फत लगानी बढाएका छन् । विकास बैंक समूहको सूचक ८ प्रतिशत र फाइनान्स ६ दशमलव ७८ प्रतिशतले बढेको छ । निरन्तर घट्दै आएको वाणिज्य बैंकतर्फ पनि लगानीकर्ताको आकर्षण बढेको छ ।

एक दर्जनभन्दा बढी कम्पनीमा सर्किट 
मंगलबार एक दर्जनभन्दा बढी कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । सर्किट मूल्यमा कारोबार हुने अधिकांश कम्पनी फाइनान्सतर्फ रहेका छन् । बेस्ट फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, आइसिइएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, पोखरा फाइनान्स, मल्टिप्रपोज फाइनान्स कम्पनीको सेयर कारोबारमा सर्किट लागेको छ ।

यस्तै महालक्ष्मी विकास बैंक,ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धुु विकास बैंक, जीवन विकास लघुवित्त, सिनेरेसुुङ्गा विकास बैंक, युनियन लाइफ इस्योरेन्स कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । 

मंगलबार सबैभन्दा धेरै नाफा कमाउनेमा जीवन विकास लघुुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले मंगलबार १ सय ८२ रुपैयाँको नाफा गरेर संस्थाको प्रतिसेयर मूल्य दुई हजार चार सय ६० पुुगेको छ । सान्जेन जलविद्युुत् कम्पनीको ५ प्रतिशतले घट्दा स्याङ्री पावर कम्पनी, खानीखोला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रो पावर कम्पनीका लगानीकर्ता निराश भएका छन् । 

साढे १७ अर्बमाथिको कारोबार
नेप्सेसँगै सेयर खरिद बिक्री रकम पनि बढेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ कम्पनीको तीन करोड ३५ लाख कित्ता इकाइ सेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । पहिलो कारोबार हुने कम्पनीमा ८९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी अपि पावर कम्पनीको ५१ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । जीवन विकास बैंकको ४८ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । अरुण काबेली हाइड्रोपावर कम्पनीको ४१ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

ad
ad
ad
ad