मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १८:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल समूहको बैठक भोलि फेरि बस्ने, १०बुँदेबारे रावलको प्रस्टीकरण, केन्द्रीय सदस्यहरूद्वारा रिपोर्टिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १८:०५:००

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेपालले समसामयिक विषयवस्तु प्रवेश गराएका छन् र उपाध्यक्ष भीम रावलले विषयवस्तुकेन्द्रित ब्रिफिङ गरेका छन् । बिहीबार राजधानीमा सुरु बैठकमा नेपालले अहिलेसम्मका छलफल, राजनीतिक घटनाक्रम र आफ्नो अडानबारे जानकारी गराएका हुन् । 

नेपालले विधि र पद्धति स्थपित गर्न आफू लागिपरेको भन्दै साथ दिने सबैलाई धन्यवाद दिएका छन् । नेपालले समसायिक राजनीतिक विषय बैठकमा प्रवेश गराएको केन्द्रीय सदस्य दिलु पन्तले जानकारी दिइन् । 

पन्तका अनुसार बैठकमा रावलले कार्यदलमा भएको छलफल र १०बुँदे सहमतिबारे जानकारी गराएका छन् । रावलले १०बुँदे सहमति आधारबिन्दु भएको भन्दै त्यसको आधारमा अघि बढ्न सकिने बताएका छन् । असहमति हुँदाहुँदै पनि सहमति गरेको उनले स्पष्ट पारेका छन् । 

बैठकमा केन्द्रीय सदस्यहरूले रिपोर्टिङ गरेका छन् । केन्द्रीय सदस्य निरज आचार्यका अनुसार मिल्नुको विकल्प नभएको औल्याउँदै नेताहरूले सम्मानजनक एकतामा जोड दिएको दिएका छन् ।

उनीहरूले अध्यक्ष केपी ओली पक्षले एकलौटी निर्णय गरेको भन्दै आफूहरूले पनि कमिटी निर्माण गरेर जानुपर्ने सुझाब दिएका छन् । 

तल्लो तहसम्म इमानदार कार्यकर्ताको साथ रहेको भन्दै उनीहरूले चुप लागेर बस्न नहुने र संगठनलाई विस्तार गर्दै अघि बढ्नुपर्ने सुझाब दिएका छन् । सहमतिको नाममा आत्मसमर्पण गर्ने गरी एकतामा जान नहुने उनीहरूको सुझाब छ । 

बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।