मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २१ बिहीबार ०७:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मुख्यमन्त्री पोखरेलको सरकार जोगाउन आफूलाई बन्धक बनाएको प्रदेश सांसद वलीको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २१ बिहीबार ०७:२५:००

लुम्बिनी प्रदेश सभा सांसद विमला खत्री वलीले मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको आरोप लगाएकी छिन् । शुक्रबार सम्पर्कविहीन भई ‘नाटकीय रूपमा’ बुधबार माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलको सम्पर्कमा पुगेकी वलीले आफ्नो नाममा एमाले संसदीय दलले निकालेको विज्ञप्ति पनि झुटो भएको बताएकी छिन् । 

‘उहाँ (वली)लाई मुख्यमन्त्रीकै कार्यालयमा बन्धक बनाइएको रहेछ । ठूलो प्रयासपछि आज (बुधबार) हाम्रो सम्पर्कमा आउनुभएको छ,’ वलीसँग सम्पर्कमा रहेकी माओवादी केन्द्रकी प्रदेश सांसद दामा शर्माले भनिन् ।

शर्मासहित माओवादी केन्द्रका नेताहरूसँग वलीले एमाले प्रवेश गरेको भनी सार्वजनिक विज्ञप्ति झुटो रहेको दाबी गरेकी छिन् । वलीले सबै घटनाक्रमबारे बिहीबार (आज) पत्रकार सम्मेलन गर्ने बताएकी छिन् । 

आफूलाई एमालेका स्थानीय नेताहरूले उपचारका लागि दाङबाट नेपालगन्ज लैजाने भन्दै बुटवल पुर्‍याएर मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको वलीले दाबी गरेकी छिन् । वलीको नाममा सोमबार जारी विज्ञप्तिमा उनी माओवादी केन्द्र छाडेर आफ्नै पुरानो पार्टी एमाले प्रवेश गरेको उल्लेख थियो । 

एमाले प्रमुख सचेतक भूमेश्वर ढकालले ओली केही समय एमालेको सम्पर्कमा आए पनि अपहरणको कुरा झुठो भएको बताए । ‘विमलाको थप कुरा उहाँसँगै बुझ्नुस्,’ उनले भने ।