१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १९ मंगलबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १९ मंगलबार १६:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

‘अल टाइम’ उच्च विन्दुमा नेप्से,लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १९ मंगलबार १६:४४:oo

‘अल टाइम’ उच्च विन्दुमा नेप्सेले प्रवेश पाएको छ। मंगलबार नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर तीन हजार १ सय ११ विन्दुमा पुगेर पहिलोपटक बन्द भएसँगै उच्च रेकर्ड बनाउन सफल भएको हो।

जसमा लघुवित्त संस्थामा लगानीकर्ताको आकर्षण बढाएका छन्। नेप्सेमा नयाँ उचाइमा पुगेसँगै कारोबार रकममा पनि सुधार आएको हो। अघिल्लो दिन १० अर्बमा सीमित हुँदा यस दिन सेयर खरिद विक्रिमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। बढेको नेप्सेमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्था बस्दा सेयर कारोबारमा कमि आएको लगानीकर्ताहरु बताउँछन्। अहिले लगानीकर्ताले मौन्द्रिक नीति पर्खाइमा बसेको हुँदा पनि लगानीकर्ताहरु खुलेर बजारमा लाग्न सकेका छैनन्। फलस्वरुप ‘पर्ख र हेर’मा लगानीकर्ता बस्नु स्वाभाविक रहेको सेयर विश्लेषकहरु बताउँछन्।

यस दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका २ सय २३ कम्पनीको २ करोड ११ लाख कित्ता–इकाई सेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ। अपी पावर कम्पनीको ४६ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा  न्याग्डी ग्रुप पावर ४३ करोड ३२ लाख रुपैंयाको कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको ३३ करोड ८६ लाख रुपैयाँको कोरोबार भएको छ।  स्वावलम्बन  लघुवित्त वित्तीय संस्थाको ३० करोड रुपैयाँको कारोबार भएको छ भने निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २९ करोड ६६ लाख रुपैंयाको कारोबार भएको छ।

६ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार 
मंगलबार ६ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ। पाँचथर पावर कम्पनी, रुरु जलविद्युत,जीवन  विकास लघुवित्त,युनियन लाइफ इस्योरेन्स, घलेम्दी हाइड्रो पावर कम्पनी,लिवर्टी इनर्जी कम्पनीको १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ। 

अपि पावर कम्पनी, स्वालम्बन  लघुवित्त वित्तिय संस्था, सिइडिबी हाइड्रो पावर कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण बढेको छ। यस दिन सबैभन्दा उच्च नाफा आर्जन गर्ने कम्पनीमा साल्ट ट्रेडिङ कर्पोरेसनको सो दिन ३ प्रतिशतले बढेर ३ सय २९ रुपँयाले बढेको छ।
कारोबारमा आउने १३ समूह सूचकमा ११ समूहको सूचकमा हरियाली छाउँदा २ समूहको सूचक नकारात्मक बन्न पुगेका छन्।

ad
ad
ad
ad