Skip This
मुगु कारागार भवन प्रयोगविहीन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १९ मंगलबार
  • Friday, 20 September, 2024
२o७८ श्रावण १९ मंगलबार १२:१५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुगु कारागार भवन प्रयोगविहीन

कैदीबन्दीलाई जिल्लाबाहिर पठाउनु पर्ने बाध्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १९ मंगलबार १२:१५:oo

जिल्लामा निर्माण भएको कारागार भवन प्रयोगविहीन भएको छ । छायानाथ रारा नगरपालिका– ३ स्थित थापालचौरमा आठ वर्षअघि निर्माण कार्य सुरु गरिएको कैदी भवन अहिलेसम्म जिल्ला कारागारलाई हस्तान्त्रण हुन नसक्दा उपयोगविहीन भएको हो । भवन डिभिजन कार्यालय जुम्लाले ०७१ सालमा तीन करोड ५० लाख ठेक्का खोलेर कारागार भवन निर्माण गरे पनि अहिलेसम्म अलपत्र अवस्था रहेको छ । 

नयाँ बनेको कारागार भवन अहिलेसम्म भवन डिभिजन कार्यालयले यहाँको कारागार शाखालाई नबुझाउँदा अलपत्र परेको  कारागार कार्यालय प्रमुख दत्त लामाले बताए । उक्त भवनको निर्माणको काम आरसी कन्स्ट्रक्सन धनगढीले लिएको छ भने भवन निर्माण कार्य पुरा भए पनि वरिपरि घेरबार सुरक्षापोस्ट स्थापना नहुँदा उपयोगविहीन भएको छ । 

८० पुरुष र २० महिला गरी सयजना कैदी अट्ने क्षमताको कारागार भवन बने पनि प्रयोगमा नआउँदा कैदी राख्न समस्या भएर बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता छ । निर्माण कार्य सुरु भएको तीन वर्षभित्र सम्बन्धित निकायलाई बुझाइसक्ने ठेकेदार पक्ष र भवन डिभिजनको सम्झौता भए पनि अहिलेसम्म दुवै निकाय बेखबर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्लाका कैदीबन्दीहरूलाई जुम्ला, बर्दिया, दैलेख, सुर्खेत दाङलगायत जिल्ला पठाउने गरेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी जनबहादुर धामीको भनाइ छ । गत वर्ष १२ जना, अघिल्लो वर्ष २१ जना कैदीबन्दी जिल्लाबाहिर पठाइएको उनले बताए । एकजना कैदीबन्दी जिल्लबाहिर पठाउन नाैजना सुरक्षाकर्मी र  एक लाख खर्च हुने जिल्ला प्रहरी कार्यालय जनाएको छ ।