१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस/सिन्ह्वा बग्दाद
२o८१ बैशाख २४ सोमबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा बग्दाद
नयाँ पत्रिका बग्दाद
२o८१ बैशाख २४ सोमबार १३:४५:oo

इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरूले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठजनाको हत्या गरेको बताइएको छ ।  

सो आक्रमणमा परेर अरू १० जना घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको छ ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए । उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरूले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ ।

ad
ad