१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गोलो घेरामा मृतक बच्चा आफ्नो बुवाआमा र सानो भाइसँग
२o८१ बैशाख २१ शुक्रबार १९:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाँच वर्षीय बालक मृत्यु प्रकरण : अनुसन्धानका लागि आमाबुबा प्रहरी नियन्त्रणमा    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:५४:oo

बिहीबार अपराह्न परालले छोपेको अवस्थामा पाँच वर्षीय बालक मृत अवस्थामा फेला परेपछि अनुसन्धान गर्न प्रहरीले बालकका बुबा चन्द्रकिशोर यादव र सौतेनी आमा रागनी मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।

बुधबार साँझदेखि हराइरहेका बालकको शंकास्पद अवस्थामा मृत्यु भएपछि सौतेनी आमा र बुबासमेत सम्पर्कविहीन रहेकोमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो । 

रामगोपालपुर नगरपालिका– ६ विशम्भरपुर बस्ने चन्द्रकिशोर यादवको जेठो छोरा रितेशकुमार यादव बुधबार साँझदेखि हराइरहेकोमा उनको शव परालले छोपिएको अवस्थामा घरभन्दा ४० मिटरको दूरीमा बगैँचामा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा बालकको घाँटीमा थिचिएकोजस्तो चिह्न रहे पनि प्रहरीले भने पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने बताएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले शंकाको आधारमा बालकका आमाबुबालाई अनुसन्धानका लागि ल्याएकोमा अनुसन्धान पूर्ण भएपछि मात्र मृत्युबारे केही भन्न सकिने बताए । 

स्थानीयले भने बालकै सौतेनी आमा र बुबाले हत्या गरेको आशंका गरेका छन् । यता मृतककी आमा रजनी यादव भने घरमा श्रीमानले कान्छी श्रीमती भित्र्याएपछि घरमा दैनिक खटपट हुन थालेपछि दुई छोरालाई श्रीमानकै जिम्मा लगाई माइत गएकी थिइन् । चन्द्रकिशोरका अर्का तीन वर्षीय छोरा घरमै हजुरआमासँग छन् । 

ad
ad