मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १४ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १४ बिहीबार १८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्रियाशील सदस्यताको विवाद मिलाउन कांग्रेसले थप पाँच दिन पहल गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १४ बिहीबार १८:१९:oo

कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरूले मिलाउने भएका छन्। क्रियाशील सदस्यता छानबिन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरूले पाँच दिनभित्र मिलाउन समय लिएका हुन् । त्यसका लागि नेता कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखकलाई सहमतिको बिन्दु खोज्नका लागि छलफल गर्ने जिम्मेवारी दिइएको छ । 

बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विवाद मिलाउन शीर्ष नेताहरूलाई पाँच दिनको समय दिएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए।  पाँच दिनमा शीर्ष नेताहरूले क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदनउपर सहमति नभएका विषयहरूसहित बारा, सप्तरी, धनुषा– ४ र सर्लाही– २ का विवादका समयमा छलफल गर्ने र महाधिवेशनको बाँकी प्रक्रियालाई अघि बढाइने उनले बताए । 

उनले समितिले अधिकांश विषय मिलाइसकेकाले शीर्ष नेताले पाँच दिनमा निर्णय गरे महाधिवेशन समयमै हुने दाबीसमेत गरे।  ‘महाधिवेशन भनेकै वेलामा गर्ने भनेर तयारी  गरिरहेका छौँ । यी विवाद मिलेपछि निर्वाचन समितिले काम अघि बढाउने छ,’ उनले भने।

छानबिन समितिले गत मंगलबार आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य रहेको प्रतिवेदन बुझाएको थियो ।