१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १४ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १४ बिहीबार १३:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानासँग अर्थ मन्त्रालयले माग्यो स्पष्टीकरण  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १४ बिहीबार १३:५३:oo

बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टमा स्वार्थ बाझिने गरी धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको सेयर लगानी रहेको समाचार प्रकाशनपछि अर्थ मन्त्रालयले बोर्डलाई तीन दिनभित्र स्पष्ट र तथ्यपरक जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको छ। 

‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ १३ साउनमा गरिएको पत्राचारमा भनिएको छ, ‘सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा गराइदिनुहुन आदेशानुसार अनुरोध छ।’ 

ढुंगानाको हाल अमेरिका बस्ने छोरी रेबीको नाममा ११ हजार नाै सय १२ कित्ता सेयर खरिद गरिएको भेटिएको थियो। नियमतः धितोपत्र बोर्डका कर्मचारीहरूलाई प्राथमिक सेयरमा लगानी गर्न नरोकिएको भए पनि स्वार्थ बाझिने गरी लगानीमा भने निरुत्साहित गरिएको छ। नियामक निकायको उच्च तहमा रहेर आफैँले नियमन गर्नुपर्ने संस्थाको सेयरमा स्वार्थ बाझिने गरी लगानी देखिएकोले पनि यसले ढुंगानामाथि नैतिक दबाब हुने देखिन्छ। 

सेयर जारी नै नगरिएको र विशेष किसिमले सेयर मूल्य तोकिने विधि अपनाउन लागिएको कम्पनीमा लगानी हुनुले ढुंगानाको नियतमाथि शंका गरिएको छ। बुक बिल्डिङ प्रक्रियामा विभिन्न संस्थागत लगानीकर्ताहरूले बढाबढाबाट कम्पनीको सेयरको भाउ तोक्छन्। 

यसको अर्थ हाल एक सय रुपैयाँ अंकित मूल्यमा जारी भइरहेको सेयरको तुलनामा यो सेयर महँगो हुनेछ। कम्पनीले यसको मूल्य सात सय ५० रुपैयाँ तोकेको छ । संस्थागत लगानीकर्ताले यो मूल्यमा सेयर लिन तयार भएका साधारण लगानीकर्ताले सोभन्दा १० प्रतिशत कममा सेयर खरिद गर्न पाउनेछन्। 

त्यस्तै, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदकी पनि श्रीमती सुशीलाकुमारी बोहराको नाममा पनि ११ हजार नाै सय १२ कित्ता नै सेयर खरिद गरिएको प्रमाणसहित हिमाल खबरले समाचार लेखेको थियो। यससँगै विभिन्न अनलाइन सञ्चारमाध्यममा यो समाचार आएको थियो।