१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोभिड– १९ र बाढीपहिरोको प्रभावबारे अध्ययन गरेर योजना बनाउँछु : नवनियुक्त उपाध्यक्ष पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:२४:oo

योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड– १९ र बाढीपहिरोको प्रभावबारे अध्ययन गरेर योजना बनाउने बताएका छन् । बिहीबार बिहान सिंहदरबारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले कोभिड– १९ र बाढीपहिरोको प्रभावबारे अध्ययन गर्ने बताए ।

उनले अब नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी  काम गर्ने बताए ।  योजना आयोगसँग प्रत्यक्ष र नियमित रूपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको उपाध्यक्ष पौडेलले बताए ।   

उपाध्यक्ष पौडेलले भने, ‘कोभिड र फ्ल्डको इम्प्याक्टबारे हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरू मन्त्रालयलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरू निकायहरूलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरू र कर्मचारीबाट यही अपेक्षा छ ।’

उनले आफ्नो बाँकी कार्यकालमा सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा गरे । 

ad
ad