मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १३ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १३ बुधबार १९:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १३ बुधबार १९:o८:oo

गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखले शपथग्रहण गरेका छन् । बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा एक समारोहबीच गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई शपथग्रहण गराएकी हुन् । 

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायत सहभागी थिए । राष्ट्रपति भण्डारीले मंगलबार सरकारको सिफारिसमा गुरुङ र शेरचनलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । गुरुङ र शेरचन दुवैजना चितवनका हुन् । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा सीताकुमारी पौडेललाई हटाएर गुरुङ र लुम्बिनी प्रदेशमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो । गुरुङ कांग्रेस र शेरचन माओवादी केन्द्रको कोटाबाट प्रदेश प्रमुख नियुक्त भएका हुन् । 

शेरचन करिब तीन महिनाअघिसम्म गण्डकी प्रदेशको प्रमुख थिए । उनी ०७४ को आमनिर्वाचनपछि बनेको केपी ओली नेतृत्वको नेकपा नेतृत्वको सरकारको सिफारिसमा गण्डकी प्रदेश प्रमुख भएका थिए । नेकपा विभाजनपछि शेरचनलाई ओली सरकारले २० वैशाख ०७८ मा पदमुक्त गरेको थियो ।