१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o९:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बलाधिकृत रथी शर्मा भावी प्रधानसेनापति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:१२:oo

आगामी भदौ २४ देखि नेपाली सेनाको नेतृत्व वरीयताका आधारमा प्रभुराम शर्माले सम्हाल्ने भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले त्यही दिनदेखि अवकाश पाउँदै छन् भने २५ साउनदेखि बिदामा बस्दै छन् । सरकारले शर्मालाई २५ साउनदेखि कायम–मुकायम प्रधानसेनापतिमा नियुक्त गर्न सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । 

थापा बिदा बसेलगत्तै शर्माले कायम–मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् भने २४ भदौदेखि उनी प्रधानसेनापति हुनेछन् । प्रधानसेनापति थापाले त्यही दिन बुझबुझारथ गरी नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रम छ । 

मन्त्रिपरिषद्को सोमबार बैठकले सेनाका वरिष्ठतम् रथी शर्मालाई कामु प्रधानसेनापतिका रूपमा राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । थापाले २४ जेठदेखि नै शर्मालाई नेतृत्व हस्तान्तरणको प्रक्रिया थालेका थिए । शर्मालाई भावी सेनापतिका रूपमा प्रधानसेनापति थापाले देशैभरिका युनिटलाई परिचय गराइसकेका छन् ।

नेपाली सेनामा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले थापालाई सौहार्दपूर्ण रूपमा नेतृत्व हस्तान्तरण गरेका थिए भने वर्तमान प्रधानसेनापति थापाले पनि सौहार्दपूर्ण रूपमा उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गर्दै छन् । त्यसअघि भने नेतृत्व हस्तान्तरण सौहार्दपूर्ण हुन नसकेको अनुभवी सैनिक अधिकारीहरू बताउँछन् । 

को हुन् प्रभुराम शर्मा ?
काठमाडौं सीतापाइला निवासी शर्माको मदर युनिट पुरानो गोरखगण हो । उनी २० बेसिकका अधिकृत हुन् । भारतको नेसनल डिफेन्स कलेजबाट उपरथीका लागि आवश्यक नेसनल डिफेन्स कोर्स गरेका शर्माले कम्पनी कमान्ड एन्ड स्टाफ कोर्स नेपाली सैनिक बार कलेजबाट गरेका हुन् । यस्तै, शिवपुरीस्थित नेपाली कमान्ड एन्ड स्टाफ कलेजबाट स्टाफ अफिसर्स कोर्स गरेका हुन् । उनले सेनाका बाहिनीपति हुँदै मध्यपृतनापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । उनी बंगलादेशका सैन्य सहचारीसमेत भए । 

प्रधानसेनापति थापाले कार्यकालमा भिजन २०३०, सेनाको सांगठनिक पुनर्संरचना, शान्ति सेनामा नेपाली सेनाको संख्या वृद्धि, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, काठमाडौं तराई दु्रत मार्ग अघि बढाएर बिदा लिँदै छन् । ‘सेनामा १ साउनदेखि लागू भएको तीन जोड एक कमान्डसहितको पुनर्संरचना कार्यान्वयन गर्ने तथा परिवर्तित अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणमा राष्ट्रिय सुरक्षा मजबुत पार्न सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी अब शर्माको काँधमा छ,’ सेनाका एकजना बहालवाला उपरथीले भने, ‘प्रधानसेनापति थापाजस्तो पब्लिक फिगरका रूपमा उनी स्थापित छैनन् । तर, उनी म्यान इन एक्सन टाइपका छन् ।’ 

ad
ad