१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १९:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बधाई दिँदै देउवालाई बंगलादेशी प्रधानमन्त्री हसिनाले दिइन् ढाका भ्रमणको निम्तो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:१९:oo

प्रधानमन्त्री शेरबहादुर देउवालाई बंलादेशकी प्रधानमन्त्री शेख हसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेकी छिन् । साथै उनले  ढाका भ्रमणका निम्ति आमन्त्रण गर्दै सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव गरेकी छिन् । 

प्रधानमन्त्री देउवालाई पठाएको बधाई सन्देशमा बंगलादेशी प्रधानमन्त्रीले संसदमा देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले उनीमाथि गरेको विश्वास र भरोसाको प्रमाण भएको बताइन् ।  निकटको छिमेकीको नाताले बंगलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एक–अर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गरेकी छिन् । 

बंगलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवं सहकार्य घनीभूत हुने विश्वास व्यक्त गगरेकी छिन् । 
 

ad
ad