मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ८ शुक्रबार १४:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुईतिहाइको सरकारले विधि पालना नगर्दा कांग्रेस सत्तामा आयो : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार १४:२६:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाइको सरकारले विधिको पालना नगर्दा प्रतिपक्षमा रहेको दल सरकारमा आएको बताएका छन्।  प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विधि र नियम मिचेर चुनावमा जान खोज्दा अहिलेकाे अवस्था आएको टिप्पणी गरे। 

प्रतिपक्षले अहिलेको प्रधानमन्त्री जनादेशले होइन, परमादेशले बनेको भनिरहेको भन्दै उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा संविधानको धारा ७६ (५)अनुसार प्रधानमन्त्री हुनुभएको हो। प्रधानमन्त्रीले संसदबाट विश्वासको मत पनि लिइसक्नुभएको छ। संसदबाट निर्वाचित हुनुभएको हो।’ सत्तामा हुँदा एउटा कुरा र प्रतिपक्षमा रहँदा अर्को कुरा किन भन्दै एमालेलाई उनले प्रश्न गरे। यसअघिका प्रधानमन्त्रीले पानीजहाज चलाउनुभयो, चुच्चेरेल चलाउनुभयो, अब प्रधानमन्त्री देउवालाई काममा सजिलै होला भन्दै  सिंहले व्यंग्य गरे।

उनले विधिको शासनलाई पालना गरेर आफ्नो काम अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे। कोरोना भाइरस मात्र होइन, भ्रष्टाचार पनि नियन्त्रण गर्नुपर्ने उनले बताए। संघीयतालाई संस्थागत गर्नुपर्ने जिम्मेवारी प्रधानमन्त्रीसँग रहेको सिंहले प्रस्ट्याए। देशमा संकट पर्दा कांग्रेसले नेतृत्व दिने गरेको हुँदा अहिले पनि प्रधानमन्त्री देउवाले देशलाई राम्रोसँग लैजाने विश्वास व्यक्त गरे। सिंहले घरेलु र बाह्य राजनीतिमा सन्तुलन मिलाएर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरे।