भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प बिहान ७:०५ बजे गएको केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।