मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ५ मंगलबार ११:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाललाई भेटेलगत्तै प्रधानमन्त्रीसँग प्रचण्डको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार ११:४२:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। देउवा र प्रचण्डबीच बालुवाटारमा भेट भएको हो।

यसअघि नेपालनिवास कोटेश्वरमा आज बिहान नेपाल र प्रचण्डबीच भेट भएको थियो।  स्रोतका अनुसार प्रचण्ड र देउवाबीच सरकार सञ्चालन र विस्तारका विषयमा छलफल भएको छ। मन्त्रालय बाँडफाँडका विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ। 

आज बिहान प्रचण्डलगत्तै नेपाललाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव कोटेश्वर पुगेका थिए। 

नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो। देउवालाई विश्वासको मत दिएको जसपा पनि सरकारमा सहभागी भइसकेको छैन। जसपाको आधिकारिकता विवाद कायमै छ।  विश्वासको मत दिएका २२ सांसदलाई एमाले केन्द्रीय कमिटीले २४ घन्टे स्पष्टीकरण सोधेको छ।