मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ४ सोमबार १८:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

थप खोप सहायताका लागि मित्रराष्ट्र र दातृनिकायलाई सरकारको आह्वान, सिन्धुपाल्चोक र मनाङ बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ४ सोमबार १८:३४:००

सरकारले हालसम्म कोरोनाविरुद्धको खोप उपलब्ध गराउने देशहरूलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि मित्रराष्ट्र र दातृनिकायलाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खोप दिने सबै देशलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि अन्य देश र दातृनिकायलाई आह्वान गरिएको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

कार्कीले भने ‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई नेपाल सरकारले हार्दिक धन्यवाद दिएको छ । साथै अनुदानमा वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्रराष्ट्रहरुलाई आह्वान गर्दछ ।’

यस्तै, बैठकले सिन्धुपाल्चोक र मनाङ*लाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गरेको छ । असोजसम्म सिन्धुपाल्चोक र मनाङ लाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्दै प्राथमिकताका साथ काम गर्ने कार्कीले जानकारी दिए । जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका साथै राहतको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने कार्कीले बताए । 

सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा ६ साउनमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको कार्कीले जानकारी दिए ।