१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १५:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हालको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्छाैँ : अर्थमन्त्री (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १५:४८:००

अर्थमन्त्री जनार्दन शर्माले हालको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्ने बताएका छन् ।  शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्ने बताएका हुन् । उनले भने, ‘अहिलेसम्मको अवस्था के छ अर्थतन्त्रको भनेर यथार्थ विवरण, श्वेतपत्र तयार गरी केही दिनमा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछौँ ।’

अर्थमन्त्री शर्माले पुँजीबजारमा समस्या रहेको पनि बताए । पुँजीबजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुने गरी नीति निर्माण गर्ने उनले  बताए । उनले भने,  ‘पुँजीबजारलगायतका समस्याहरू छन् । त्यसलाई पनि सर्वसाधारण जनतालाई कसरी उनको हितमा हुन्छ भन्नेबारेमा पनि हामी नीति, निर्माण गर्नेछौँ ।’

अर्थमन्त्री शर्माले अध्यादेशमार्फत आएको आर्थिक वर्ष ०७८/७९ को बजेट आगामी संसद् बैठकमा पेस हुने र बजेट पास हुने–नहुने त्यसपछि नै निर्क्याेल हुने बताए । उनले भने, ‘अहिले बजेटलगायतका विषय छन् । अध्यादेश छ । अध्यादेश सदनमा प्रस्तुत हुन्छ । सदनले नै के गर्छ भन्ने कुरा भएको हुनाले, त्यो सदनको विषय नै भएको हुनाले अहिले त्यसमा, सदन ३ गते बोलाइसकिएको छ । त्यहाँ नै यसलाई टेबुल गरिँदै छ । त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडि बढ्छ, त्यसलाई स्वीकार, अस्वीकार, प्रतिस्थापन के हुन्छ भन्ने कुरा त्यहाँ गइसकेपछि तपाईंहरूलाई जानकारी हुने नै छ ।’