मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार ११:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानन्यायाधीशको पुत्ला दहन र गालीगलौज न्यायपालिकामाथि  गम्भीर आँच : सर्वोच्च बार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार ११:३३:००

सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी भएको फैसलालाई लिएर प्रधानन्यायाधीश र अदालतमाथि भएको गालीगलौजप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता क्रियाकलापबाट स्वतन्त्र न्यायपालिकामाथि गम्भीर आँच पुगेको जनाएका छन् । 

‘स्वतन्त्र न्यायपालिकाको गरिमालाई कायम राख्न न्यायालयबाट हुने आदेश तथा फैसलाको उचित मूल्यांकन र विश्लेषण, प्राज्ञिक तथा स्वस्थ टीकाटिप्पणी गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका कार्यकर्ताद्वारा न्यायालय र न्यायमूर्तिविरुद्ध भ्रामक हल्ला फिँजाइ अनास्था पैदा गरी काण्ड मच्चाउने किसिमका अभिव्यक्तिले स्वतन्त्र न्यायपालिकामाथि गम्भीर रूपमा आँच पुगेको यस बारको ठम्याइ छ ।’

पूर्वप्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतको २८ असारको आदेशबाट पुनस्र्थापना भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । अदालतको आदेशबाट आक्रोशित ओलीसमर्थकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुत्ला जलाउनेदेखि आदेशमाथि विभिन्न किसिमका टिप्पणी र गालीगलौज गरिरहेका छन् । 

अदालत र प्रधानन्यायाधीशप्रति ओलीका कार्यकर्ताले ‘अति अशोभनीय आक्रामक शैली’ देखाएको भन्दै बारले क्षोभ प्रकट गरेकोे छ । ‘..प्रचलित कानुन, विधिशास्त्रीय मूल्यमान्यता तथा सिद्धान्तका आधारमा सम्मानित सर्वोच्च अदालतद्वारा गरिएको आदेशको सम्मान गर्न र सो आदेशको विरुद्ध कुनै किसिमको अमर्यादित गतिविधि नगर्न÷नगराउन तथा संयमित हुन सम्बन्धित पक्षसमक्ष बार आग्रह गर्दछ,’ विज्ञप्तिमा थप उल्लेख छ ।