१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३१ बिहीबार
  • Friday, 05 July, 2024
गणेश लम्साल विराटनगर
२o७८ असार ३१ बिहीबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

साना हतियार र लागुऔषध तस्करी आरोपमा भारतीय नाइके पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ असार ३१ बिहीबार ११:o८:oo

विराटनगरकाे जोगबनी नाकाबाट लागुऔषध र साना हतियारको तस्करीमा संलग्न एक भारतीय नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।  बुधबार राति १० बजे खुला सिमानाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्दै गर्दा  सशस्त्र प्रहरीको टोलीले एक थान पेस्तोल र लागुऔषधसहित नाइके भारतीय नागरिक ४१ वर्षीय पप्पुकुमार पटेललाई पक्राउ गरेको हो । 

भारत बिहार राज्यको अररिया जिल्ला जोगवनीनगर पञ्चायत– ९ इन्द्रनगर बस्ने नाइके पटेल सीमा क्षेत्रमा बसेर लामो समयदेखि लागुऔषध र साना हतियारको कारोबारमा संलग्न रहँदै आएको प्रहरीको दाबी छ । 

इलाका प्रहरी कार्यालय रानीका अनुसार पटेलले बोकेको झोलाभित्र एक थान कटुवा पेस्तोल, लागुऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ । 

ad
ad
ad
ad