नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वाेच्चअदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ जना मात्र भएको भन्दै माधव नेपाल समूहका २३ सांसद पार्टी सहमतिमा आएको अभिव्यक्ति दिएपछि नेता नेपालले सर्वाेच्चअदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको स्ष्टीकरण दिएका हुन् ।
सुर्य थापाले समाजिक सञ्जालमा लेखेका छन् ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधिसभाका सदस्यहरू अब
१४६- २३ = १२३ मात्र । सर्वोच्चद्वारा न परमादेश न पुनस्स्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो ! ! जय नेपाल !!! ’
थापाको यस्तो अभिव्यक्तिपछि नेता नेपालले प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गलत व्याख्या गरेको भन्दै त्यो अभिव्यक्ति अस्वीकार्य भएको बताए ।