१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २६ शनिबार १९:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका चार एआइजीको जिम्मेवारी हेरफेर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २६ शनिबार १९:५९:००

विपक्षीलाई सहयोग पुग्ने गरी काम गरेको आरोपमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) हरिबहादुर पाललाई हटाइएको छ । सामान्यतया, एक वर्षमा सरुवा हुनुपर्नेमा उनको सात महिनामै सरुवा गरिएको छ । 

उपत्यकामा सरकारविरुद्ध भइरहेका आन्दोलन दमन गरेर नियन्त्रण नगरेको र विपक्षीलाई सहयोग गरेको आरोपमा उनलाई हटाइएको स्रोत बताउँछ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्य विभागको प्रमुखमा सरुवा गरेको हो । विपक्षी दलहरूलाई सहयोग पुग्ने गरी काम गरेको आरोप उनीमाथि लगाइएको छ । आफूलाई गलत आरोप लगाएर सरुवा गरिएकोमा एआइजी पालले असन्तुष्टि व्यक्त गरेको स्रोत बताउँछ । 

महानगरीय प्रहरी कार्यालयको आयुक्तमा एआइजी प्रद्युम्न कार्कीलाई पठाइएको छ । उनी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । प्रतिष्ठानको प्रमुखमा एआइजी विश्वराज पोखरेललाई पठाइएको छ । 

त्यस्तै, बिहीबार बढुवा भएका सहकुल बहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागको प्रमुखमा सरुवा गरिएको छ । प्रशासन विभागका निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागको प्रमुख बनाइएको छ । जुनियरलाई महत्त्वपूर्ण विभागको जिम्मेवारी दिइएको र सिनियरलाई बेवास्ता गरिएको भन्दै प्रहरीमा सरुवाप्रति असन्तुष्टि देखिएको छ । सरकारले पछिल्लो आठ महिनामा एआइजीको दुई दरबन्दी थप गरेर बढुवा गरेको थियो ।