१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ असार १७ बिहीबार १४:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखन मुद्दाका आरोपी चौबीस वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ असार १७ बिहीबार १४:५०:००

मानव बेचबिखन तथा जिउ मास्ने मुद्दाका एक आरोपी चौबीस वर्षपछि पक्राउ परेका छन् । पुनर्वास नगरपालिका– ८ का हर्कबहादुर धामीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले मानव बेचबिखन तथा मास्ने मुद्दामा फरार अभियुक्त धामीलाई पक्राउ गरिएको बताए ।

उनका अनुसार २० चैत ०५४ सालमा जिउ मास्ने बेच्ने मुद्दामा धामीलाई १५ दिन कैद सजाय तोकेपछि निज धामी उक्त समयदेखि फरार भएका थिए । कैद भुक्तान नगरेका धामीलाई प्रहरीले २४ वर्षमा पक्राउ गरेर कारागार चलान गरेको छ । अब धामीले अढाई दशकअघि गरेको गल्तीको सजाय अहिले भोग्नेछन् ।

यस्तै, कञ्चनपुर प्रहरीले बेचबिखन मुद्दामा ५० हजार जरिवाना भएका भीमदत्त नगरपालिका– १८ का यादव पाण्डेलाई समेत अदालत उपस्थित गराएर जरिवाना असुलेकाे छ । कृष्णपुर नगरपालिका– ४ बस्ने चन्द्रबहादुर साउदलाई जालसाझी मुद्दामा ३७ हजार पाँच सय जरिवाना असुल गरेको छ भने सार्वजनिक मुद्दामा तीन सय जरिवाना भई नतिरेका बैडती हटैराज गाउँपालिका– ४ की लक्ष्मी चन्दलाई पक्राउ गरी अदालतमा उपस्थित गराएर जरिवाना असुल गराएको छ ।