१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १३ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार १३ आइतबार २o:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुरक्षा परिषद् सचिवालयको दुईदिने बेविनार, हिमाली पर्यावरण र पर्यटन राष्ट्रिय सुरक्षासँग सम्बन्धित : प्रधानसेनापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १३ आइतबार २o:२o:oo

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले नेपालको हिमाली पर्यावरण तथा पर्वतारोहणमा सुरक्षा एवं व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका विषयमा दुईदिने बेविनार आयोजना गरेको छ । आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापाले भर्चुअल माध्यमबाट उदघाटन गरेको कार्यक्रममा पर्यटन तथा संस्कृति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका अधिकारी पनि सहभागी छन् ।

बेविनारमा प्रधानसेनापति थापाले मुलुकको हिमाली पर्यावरण, पर्यटन तथा यसका विविध पक्षहरूले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने बताए । थापाले यस क्षेत्रको सुरक्षा र व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच आपसी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । प्रधानसेनापति थापाले नेपालको हिमाली क्षेत्रको वातावरणीय महत्व नेपालका लागि मात्र नभई समग्र विश्वका लागि ‘अत्यन्तै विशेष’ रहेको पनि टिप्पणी गरे । 

राष्ट्रिय सुरक्षा नीति, २०७५ को एकीकृत कार्ययोजना कार्यान्वयनका लागि बेविनार आयोजना भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हिमाली पर्यावरण, पर्वतारोहणसम्बन्धी सुरक्षा, पर्यटकीय क्षेत्रमा हुने गतिविधि राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष रूपमा जोडिएकोे सेनाको बुझाइ छ ।

राष्ट्रिय निकुञ्ज र सीमा सुरक्षाका लागि अत्याधुनिक सर्भिलेन्स उपकरणहरूको प्रयोगलगायतका विषयमा बेविनारमा छलफल हुने सेनाले जनाएको छ । विस्तृत छलफल सोमबार हुने भएको छ । आइतबार उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले पनि धारणा राखेका थिए ।