मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार १२ शनिबार ११:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : चिकित्सकको आन्दोलन जारी

उपकुलपतिलाई प्रतिष्ठानमा उपस्थित हुन दलहरुको तीन दिनको अल्टिमेटम 

Read Time : < 1 मिनेट
२०७८ असार १२ शनिबार ११:३८:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ दिनदेखि चिकित्सक, कर्मचारी र नर्सहरू आन्दोलनमा छन् । बिपी प्रतिष्ठानमा चरम लापारबाही भएको, अनियमितता मौलाएको भन्दै धरानका नाै राजनीतिक दलहरू आन्दोलनमा छन् । नागरिक समाजले पनि दबाब समूह बनाएर आन्दोल गरिरहेको छ । जेठ अन्तिम हप्तादेखि उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्रतिष्ठानमा उपस्थित छैनन् । 

उपकुलपति गिरी लामो प्रतिष्ठान आन्दोलनले झन् अस्तव्यस्त हुँदासमेत कार्यालयमा उपस्थित भएर समस्या समाधानमा पहलकदमी नगरेपछि धरानका विभिन्न नौ राजनीतिक दल र नागरिक दबाब सञ्जालले तीन दिनभित्र हाजिर हुन दाबाब दिएका छन् । 

१५ महिनाअगाडि प्रतिष्ठानको उपकुलपति भएर आए यता डा. गिरीले कार्यसम्पादन राम्रोसँग नगरेको, व्यापारीहरूसँगको साँठगाँठमा प्रतिष्ठानलाई धराशयी बनाएको भन्दै प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र धरान नागरिक दबाब समूहले छुट्टाछुट्टै आन्दोलन गरेका छन् । 

धरानका नागरिक समाजले प्रतिष्ठान सुधार गर्न माग राखेर हप्ता दिनको अल्टिमेटम दिएको र सुधार गर्ने प्रतिबद्धता गरेपछि उपकुलपति गिरी काडमाडौंबाट फर्किएका छैनन् । शुक्रबार नागरिक दबाब समूह र विभिन्न नौ राजनीतिक दलले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी तीन दिनभित्र कार्यालयमा हाजिर हुन सुझाएका छन् । उपकुलपतिले हाम्रो गहना बिपी प्रतिष्ठानलाई सुधार गर्न छाडेर समस्याप्रति काठमाडौंबाट रमिता हेर्ने काम भएपछि जिम्मेवार दलहरूले दबाब दिन बाध्य भएकोे जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुव लिम्बूले जानकारी दिए । 

नागरिक दबाब सञ्जालका अध्यक्ष डा. राजेन्द्र शर्मा र सचिव कमल तिगेंलाले पनि विज्ञप्ति प्रकाशित गरी गिरीलाई तीन दिनभित्र कार्यालयमा हाजिर भएर धराने जनताको मागलाई सम्बोधन गर्न भनेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, संघीय लिम्बूवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, राप्रपा, र राप्रपा नेपालसमेत सहभागी छन् ।