मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असार ९ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार ९ बुधबार १८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवानिवासमा विपक्षी गठबन्धनको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ९ बुधबार १८:o४:oo

बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभा विघटनको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुरु भएको बहस र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता बालकृष्ण खाण, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरू सहभागी छन् ।