Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ९ बुधबार ०६:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुजिता पौडेललाई ‘सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ९ बुधबार ०६:२१:००

पत्रकार सुजिता पौडेललाई ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको सिफारिसको आधारमा प्रस्तावित ‘सुदर्शन देवकोटा स्मृति प्रतिष्ठान’ले कोरोना महामारीका वेला फिल्डमा सक्रिय रूपमा खटिएको भन्दै पत्रकार पौडेललाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि ३० हजार रुपैयाँ छ । पुरस्कृत पत्रकार पौडेल एपी वान टेलिभिजनमा कार्यरत छिन् । 

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा स्वर्गीय देवकोटाकी छोरी डा.सुधा देवकोटाले पुरस्कार पत्रकार पौडेललाई हस्तान्तरण गरिन् । सो अवसरमा देवकोटाले आफ्नो बाबाले लामो समय पत्रकारितामा बिताएको र बाबाकै कारणले पत्रकारिताको महत्व आफूले राम्रोसँग बुझेकाले बाबाको मार्गमा आफू कुनै रूपमा जोडिऔँ भनेर पत्रकारिता पुरस्कार स्थापना गरेको बताइन् । ‘मेरो बाबाले पत्रकारिता सम्मानित पेसा हो भनेर हामीलाई बुझाउनुभयो । बाबाका हामी सबै सन्ततिले पत्रकारिताको महत्व बुझेका छौँ । अझ स्वास्थ्य पत्रकारिता त झनै संवेदनशील विषय भयो । त्यसैले स्वास्थ्य पत्रकारहरूसँग सहकार्य गर्दै बाबाको स्मृतिलाई ताजा गराउन चाहन्छौँ । अक्षयकोषमार्फत आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ,’ उनले भनिन् ।

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रस्तावित सुदर्शन देवकोटा स्मृति फाउन्डेसनले स्वास्थ्य पत्रकारहरूको सम्मानका लागि सहकार्य गर्ने अवसर पाउँदा खुसी लागेको बताए । उनले मञ्च र प्रतिष्ठान मिलेर भविष्यमा पनि स्वास्थ्य पत्रकारहरूको हित र क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रममा हातेमालो गर्ने जानकारी दिए ।