मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असार २ बुधबार
  • Friday, 11 July, 2025
२o७८ असार २ बुधबार १o:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशको बजेट प्राथमिकतामा राममन्दिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार २ बुधबार १o:५५:oo

केन्द्र सरकारले चितवनको अयोध्यापुरीमा राममन्दिर स्थापना गर्न बजेट विनियोजन गरेको भए पनि बागमती प्रदेशले समेत राममन्दिरलाई बजेटमा आफ्नो प्राथमिकताको विषय बनाएको छ । 

प्रदेश सभामा२०७८/७९का बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले नेपाल सरकारको समन्वयमा चितवन जिल्लास्थित माडीको अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्या–पर्यटकीय सहरको रूपमा विकास गर्न गुरुयोजना तयार गर्नुको साथै वैकुण्ठधाम मार्ग अयोध्यावाटिका, रामसीता उद्यान, हनुमान झुला, नदी व्यवस्थापनलगायतका निर्माण कार्य अगाडि बढाउने व्यवस्था मिलाएको बताए । तर, यसै क्षेत्रमा घरबारविहीन अवस्थामै रहेका चेपाङ समुदायलाई केन्द्र र प्रदेश सरकारले त्यस्तो छुट्टै कार्यक्रम ल्याएका छैनन् ।

गत साल चितवनको माडीमा नै निकुञ्जले चेपाङको घर आगो लगाएको थियो । भने घरबारविहीन चेपाङको घर निमार्णमा निकुञ्जमार्फत रोक लगाइरहेको छ । यस्तै बजेटमा चितवनको नारायणी खगेरी सिंँचाइ प्रणालीको इम्ब्यांकमेन्टमा मेट्रो रेल, ट्रामजस्ता सम्भाव्य यातायातका लागि अध्ययन कार्य प्रारम्भ गरिने भनिएको छ । प्रदेश राजधानी हेटौँडा–भरतपुर–मेघौली जोड्ने मेट्रो रेल, ट्रामजस्ता यातायात सञ्चालनको पूर्वसम्भाव्यता अध्ययनका लागि बजेटको प्रबन्ध मिलाएको छ ।

यता जीर्ण अवस्थामा रहेको ८ हजार ६ सय हेक्टर सिञ्चित गर्ने लक्ष्यसहित निर्माण गरिएको नारायणी लिफ्ट सिँचाइ आयोजनाको पम्पहाउस (ए) को  पूर्ण रूपमा आधुनिकीकरण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न र खगेरी सिँचाइ आयोजना सञ्चालन तथा व्यवस्थापन गर्न रु २२ करोड बजेट विनियोजन भएको छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न भरतपुरसहित विभिन्न निजी क्षेत्रको सहकार्यमा विद्युतीय चार्जिङ स्टेसनसहितको एकीकृत स्मार्ट रिफ्रेस एन्ड ट्रान्सफर सेन्टर निर्माण गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट व्यवस्थापन भएको छ । 

चितवनको भण्डारमा प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धन गर्न आवश्यक राखिएको छ । बजेटमा कृषितर्फ चितवनको माडीमा सञ्चालित सामूहिक खेती प्रवर्द्धन कार्यक्रमको निरन्तरता र दिगोपनाका लागि बजेट व्यवस्था भएको छ । चितवन जिल्लामा चकलेटसहितको दूध प्रशोधन केन्द्र आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरिएको छ ।