१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७८ जेठ ३० आइतबार १३:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि केपी ओलीले प्रहार गरे : नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ जेठ ३० आइतबार १३:४९:००

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रधानमन्त्री केपी ओलीले प्रहार गरेको जिकिर गरेका छन् । स्वास्थ्य सामग्री लिएर चिकित्सकको टोलीसहित आइतबार सर्लाही आएका श्रेष्ठले पार्र्टी र सरकारलाई जनमुखी बनाउँदै सुदृढ बनाउनुको साटो संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने, कम्युनिस्ट आन्दोलनमाथि प्रहार गर्ने, पार्टीमाथि आक्रमण गर्दै संसद् विघटन गर्दै ओलीले प्रतिगमनकारी कदम चालेको आरोप लगाए । 

प्रतिगामी कदमको विरुद्ध संविधान र लोकतन्त्रको रक्षा र विदेशी हस्तक्षेपबाट देशलाई बचाउन तथा स्वाधीनताका लागि आफूहरू संघर्षरत रहेको श्रेष्ठले दाबी गरे । उनले भने, ‘हामीले ६ दशकभन्दा बढी नेपालमा बलिदानीपूर्ण संघर्ष ग¥यौँ । सशस्त्र संघर्ष ग¥यौँ । जनयुद्ध अगाडि बढ्यो । जनआन्दोलन अगाडि बढ्यो । जनयुद्ध र जनआन्दोलनलाई संयोजन गरेर अन्ततः हामीले नेपालमा राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित ग¥यौँ । त्यसलाई संविधानमा संस्थागत गरेर कार्यान्वयनको प्रक्रिया नेकपाले बहुमतसहित पायो ।’ 

पार्टी विधि र प्रक्रियामा नचलेका कारण जनताले दिएको म्यान्डेट पूरा गर्न नसकेको उनले स्वीकार गरे । कोरोना संक्रमणबाट जोखिममा परेका आमनागरिकको जीवनरक्षाको अभियान लिएर आफू सर्लाही आइपुगेको श्रेष्ठले बताए । 

जिल्ला–जिल्लामा गएर कोरोना परीक्षण र परामर्श शिविर सञ्चालन गरिरहेको उनले बताए । कोरोना संक्रमण रोकथामको पहिलो जिम्मा सरकारको भए पनि अहिलेको राजनीतिक अवस्थाका कारण आमनागरिकको जीवनरक्षाको जिम्मा सबै राजनीतिक दल, समाजसेवी, नागरिक समाज सबैले लिनुपर्नेमा श्रेष्ठले जोड दिए ।