मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ जेठ २९ शनिबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौैं
२o७८ जेठ २९ शनिबार o५:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती प्रदेश सभामा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o७८ जेठ २९ शनिबार o५:१२:oo

न सभामुखले रोके, न कसैले नियमापत्ति गरे

प्रदेशसभाको रोष्ट्रमबाट कांग्रेस सांसद नरोत्तम वैद्यले भने–ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? 

...                          ...

कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा आपत्तिजनक अभिव्यक्ति दिएका छन् । वैद्यले शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध ‘नाथुराम गोड्से हुन तयार रहेको’ अभिव्यक्ति दिएका छन् । उनको उक्त विवादित र आपत्तिजनक अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भएको छ । 

वैद्यले प्रधानमन्त्री ओलीले आफ्नो सत्ता जोगाउन देशलाई बर्बाद बनाएको भन्दै नाथुराम गोड्सेको आवश्यक रहेको बताएका थिए । ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है,’ प्रदेश सभाको बैठकमा बोल्दै वैद्यले भनेका छन्, ‘त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’ 

नाथुराम गोड्से महात्मा गान्धीका हत्याराका रूपमा चिनिन्छन् । वैद्यको उक्त अभिव्यक्तिपछि उनलाई कतिपयले आत्मआलोचना गर्न भनेका छन् भने कतिपयले तुरुन्त पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । सत्तारुढ एमालेले यसलाई राजनीतिक मुद्दा बनाउने संकेत दिएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘सडकमा राख्नुपर्ने संयम संसद्मा गुमाउन पाइन्न’ भन्दै आत्मालोचना गर्न भनेका छन् । ‘आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ प्रवक्ता शर्माले सामाजिक सञ्जालमा भनेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएकोसमेत उल्लेख गरेका छन् ।