१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:३७:oo

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक बिहीबार प्रस्तुत गरेको छ । बागमती प्रदेश सभामा बिहीबार दिउँसो प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

 

 

 

बागमती सरकारले कोभिड–१९ रोकथाम नियन्त्रणलाई प्राथमिकता दिँदै शिक्षा स्वास्थ्य र कृषिका लागि अधिकांश पुरानै योजनालाई निरन्तरता दिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वको सरकारले यसपटक चौथो नीति तथा कार्यक्रम ल्याएको हो ।

सरकारले ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’मार्फत कोरोना नियन्त्रणमा विशेष जोड दिइने गरी कार्यक्रममा समेटेको छ । ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’, ‘जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित’लगायत दर्जनभन्दा बढी नारालाई निरन्तरता दिने उल्लेख गरिएको छ । 

यसैगरी, प्रदेश सरकारले आगामी आवमा ‘समाजवादउन्मुख विशेष कार्यक्रम’, ‘मेरो गाउँः उद्यमसहित जिउँने ठाउँ’लगायत नयाँ योजनालाई प्राथमिकताका साथ अघि बढाइने गरी नीति तथा कार्यक्रममा समेटेको छ ।

ad
ad