१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २२ शनिबार १९:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री महतोले दोहोर्‍याए– नेपाल बहुल राष्ट्रिय राज्य हो, त्यसैअनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २२ शनिबार १९:२९:००

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् । शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरूलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसको जनताको सहभागिता हुनुपर्ने बताएका हुन् । 

बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै उनले बहुलतामा लैजानुपर्ने बताए । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानका निम्ति आन्दोलन गरिरहने उनले बताए ।

उनले भने, ‘नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तीस जातको पूmलबारी भनेको विविधता हो । बहुलता भनेको बहुल राष्ट्रिय राज्य हो । नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकाले त्यहीअनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ । विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन । बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्यशासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छ । आन्दोलन गरिरहन्छ पहिचानका लागि । नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ र बनाउनुपर्छ । जहाँजहाँ कमी–कमजोरी छ, जहाँजहाँ विभेद छ । जहाँजहाँ एकल जातीय राज्य सञ्चालन गर्ने, एकल जातीय हिसाबले जहाँ प्रभाव परेको छ त्यसलाई बहुलतामा लैजानुपर्छ । यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ ।’

उनले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानका निम्ति जसपाले मिसन चलाउने पनि बताए । देशका सबैकुरा ठिकठाक नभएको भन्दै उनले नियम, कानुन, संविधान र शासनमा भएको कमीकमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने बताए ।