१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ जेठ २१ शुक्रबार ०५:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

Read Time : < 1 मिनेट
२०७८ जेठ २१ शुक्रबार ०५:२६:००

सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । दोलखावासी बस्नेतसँग दैनिक पत्रिकामा काम गरेको अनुभव छ । बस्नेतले केही समयअगाडि भएको नेपाल पत्रकार महासंघको चुनावमा महासचिवमा पनि उम्मेदवारी दिएका थिए ।

काउन्सिलको अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि काउन्सिल बोर्डले किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्ष तोकेको थियो । तर, सरकारले २६ साउनमा प्रेस काउन्सिल (कार्य व्यवस्था) नियमावलीमा काउन्सिलमा कार्यबाहक अध्यक्ष तोक्न सक्ने व्यवस्था गरेको थियो ।

त्यसपछिको मन्त्रिपरिषद्को अर्को बैठकले कार्यबाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति गर्ने निर्णय गरेको थियो । तर, सरकारको निर्णयले काउन्सिलको स्वायत्तता नरहने भन्दै काउन्सिल सर्वोच्च गएको थियो ।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ३ भदौमा नियमावलीको संशोधित नियम कार्यान्वयन नगरी प्रेस काउन्सिलमा भइरहेका अध्यक्षलाई हटाउने गरी काम नगर्न आदेश दिएको थियो । तर, श्रेष्ठको कार्यकाल सकिएपछि कार्यबाहक अध्यक्षका रूपमा गोपाल बुढाथोकीले चलाउँदै आएका छन् ।