![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Pradip-Paudel2020-12-20-02-07-39.jpeg)
कांग्रेस नेता प्रदीप पौडेलले सरकारले घाटा पूर्तिका नाममा चुरे दोहन गरेर कार्यकर्ता पोस्ने अखडा बनाउन खोजेको आरोप लगाएका छन् । पौडेलले चुरे क्षेत्रको ढुंगा, गिटी र बालुवा निकासी गर्न लगाइएको रोक फुकुवा गर्ने नीति सयौँ अनियमिततामा संलग्न सरकारको अर्को तयारी भएको बताएका छन् ।
‘घाटा पूर्तिको नाममा चुरे पहाडका ढुंगा, गिटी, बालुवा निकासी गरेर सरकारले कार्यकर्ता पोस्ने अखडा बनाउन खोजको छ । सयौँ अनियमिततामा संलग्न सरकार अर्को तयारी गर्दै छ,’ पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
पौडेलले प्राकृतिक स्रोतमाथिको दोहन राष्ट्रघाती कदम भएको भन्दै त्यसलाई कुनै हालतमा स्विकार्न नसकिने बताएका छन् । ‘प्राकृतिक स्रोतमाथिको दोहन राष्ट्रघाती कदम हो । यो किमार्थ स्वीकार्य हुँदैन । वातावरण स्थिरीकरणमा आँच आउने काम रोकियोस्,’ पौडेलले भनेका छन् ।