१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ११ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७८ जेठ ११ मंगलबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कोरोना संक्रमित र कुरुवालाई निःशुल्क भोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ११ मंगलबार ११:५३:oo

जिल्ला अस्पताल सिराहामा कोरोना संक्रमणको उपचार गराई रहेकालाई निःशुल्क भोजन वितरण सुरु गरिएको छ । स्थानीय समाजसेवीको अगुवाइमा जिल्ला अस्पताल सिराहामा उपचाररत संक्रमित, संक्रमितका कुरुवा र अस्पतालमा उपचाररत अन्य रोगीलाई निःशुल्क भोजन वितरण थालिएको छ । 

समाजसेवी सन्तोष अग्रवाल, सज्जन अग्रवाल र शम्भु अग्रवालले जिल्ला अस्पताल सिराहाका ४० जनालाई दैनिक बिहान र बेलुकाको खाना, पानीको बन्दोबस्ती गरी वितरण सुरु गरेको जिल्ला अस्पताल सिराहाले जनाएको छ । 

जिल्लाभरिबाट कोरोना संक्रमितहरू उपचार गराउन आउने, तर निषेधाज्ञा कारणले यहाँका होटेलहरू बन्द हुँदा खानेकुराका लागि भौँतारिनुपर्ने बाध्यता थियो । जिल्लाका टाढाटाढाबाट आउने संक्रमितसँगै कुरुवालाई चाउचाउ, बिस्कुटले भोक मेटाउनुपर्ने बाध्यता थियो । 

निःशुल्क रूपमा दुई छाक पौष्टिक आहारसहितको भोजन उपलब्ध भएपछि उपचाररत कोरोना संक्रमित कुरुवालाई अब त्यो झन्झटबाट मुक्त भएको जिल्ला अस्पताल सिराहाका मेसु डा. नागेन्द्रप्रसाद यादवले बताए । प्रदेश सरकारले संक्रमित र कुरुवालाई खाना खुवाउन बन्दोबस्ती गर्न बजेट नदिएको, स्थानीय सरकारले पनि कुनै चासो नभएकोले भन्दै मेसु यादवले भने, ‘अस्पतालबाट चिकित्सकीय सुविधाबाहेकका सुविधा दिन असमर्थ रहेको वेला दाता परिवारबाट निःशुल्क खानाको व्यवस्था भएको छ ।’

सबैभन्दा बढी समस्या कोरोना संक्रमित र उनको कुरुवालाई रहेको देखेपछि निःशुल्क भोजन गराउन सुरु गरेको सन्तोष अग्रवालले बताए । निषेधाज्ञा अवधिभर अस्पतालमा उपचाररत रोगी र उनका कुरुवालाई दैनिक बिहान र बेलुका खाना, पानीको निःशुल्क व्यवस्था गरेको अग्रवालले बताए ।

ad
ad
ad
ad