१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७८ जेठ १० सोमबार ०८:०८:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७८ जेठ १० सोमबार ०८:०८:००

भारतका प्रख्यात परमाणु वैज्ञानिक तथा पूर्वराष्ट्रपति डा. एपिजे अब्दुल कलाम बडो मानवीय स्वभावका थिए । उनी मान्छेलाई मात्र होइन, सम्पूर्ण प्राणीलाई माया सम्मान गर्थे । यो अलि पहिलेको प्रसंग हो । त्यतिखेर डा. कलाम ‘डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) मा कार्यरत थिए । त्यही समयमा उनी कार्यरत भवनको सुरक्षा स्थितिबारे अध्ययन गरिरहेको सुरक्षा विशेषज्ञहरूको टोलीले सो भवनको चारैतिर रहेको अग्लो पर्खालको माथिल्लो भागमा सिसाका तिखातिखा टुक्रा लगाउनुपर्ने सुझाब दियो । 

टोलीको सुझाबअनुसार बजेट निकासा पनि भयो र योजना कार्यान्वयनको चरणमा पुग्यो । काम सुरु हुनै लागेको थियो । यस योजनाबारे डा. कलामलाई जानकारी भयो । तब उनले तत्कालै यो काम रोक्ने आदेश दिए । उनको आदेश पाउनासाथ काम त रोकियो । तर, सुरक्षा विशेषज्ञहरूको टोलीले भवन र त्यहाँ कार्यरत अधिकारी तथा कर्मचारीको सुरक्षाका लागि त्यो काम अत्यावश्यक रहेको भन्दै डा. कलामलाई मनाउने प्रयास गरे ।

तर, डा. कलामले भने– तपाईंहरू सुरक्षासम्बन्धी जानकार हुनुहुन्छ । तर, त्यसरी हाम्रो सुरक्षाका लागि पर्खालमा सिसाका टुक्रा राख्दा त्यहाँ बस्न आउने पन्छीहरू घाइते हुन्छन् । त्यसैले, हाम्रो सुरक्षाका नाममा म निर्दोष पन्छीलाई घाइते बनाउन सक्ने काम गर्न दिन्नँ ।  भनिरहनुपरेन, डा. कलामले अड्डी लिएपछि त्यसरी पर्खालमा सिसाका टुक्रा लगाउने योजना सदाका लागि रद्द भयो ।