१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ५ बुधबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ जेठ ५ बुधबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आचारसंहिता नमान्नेलाई कारबाही हुन सक्छ : निर्वाचन आयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ ५ बुधबार १५:o१:oo

निर्वाचन आयोगले आचारसंहिता नमान्ने व्यक्ति वा संस्थालाई कारबाही हुन सक्ने चेतावनी दिएकाे छ । बागमती प्रदेशमा बिहीबार हुन लागेको राष्ट्रिय सभा उपनिर्वाचनका लागि आयोगले सोमबार रातिबाट नै माैन अवधि लागू गरेको छ । तर, प्रधानमन्त्री तथा नेकपा एमालेका अधयक्ष केपी ओलीले बुधबार विज्ञप्ति जारी गरी आफ्नो पार्टीको उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न अपिल गरेपछि आयोगले सूचना जारी गरी गरेर यस्तो कार्य नगर्न–नगराउन आग्रह गरेको छ । 

ओलीप्रति इंगित गर्दै आयोगले भनेको छ, ‘एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनेर आलोचना गर्ने र अर्कोतर्फ आफैँ आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन ।’

निर्वाचन आचारसंहिता एक कानुनी आधार र नैतिक बन्धन भएकाले सोको पालना गरी निर्वाचनलाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने आयोगको कार्यमा सहयोग गर्न पनि आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

बिहीबार हेटौँडामा हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि एक सय १० प्रदेश सांसद, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ मतदाताले मतदान गर्नेछन् । 

ad
ad
ad
ad