मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ ४ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ ४ मंगलबार १७:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षामन्त्री श्रेष्ठ भन्छन्– सरकार आँटिलै छ, विश्वासको मत लिएर मात्रै नीति तथा कार्यक्रम ल्याउँछौँ (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ४ मंगलबार १७:२६:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले विश्वासको मत लिएर मात्रै नीति, कार्यक्रम ल्याउने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले कोभिड– १९ सँग सम्बन्धित कार्ययोजना र सञ्चालन भइरहेका गतिविधिको स्थलगत निरीक्षण गर्ने क्रममा संक्षिप्त मन्तव्य राख्दै सरकारलाई विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम ल्याउनुपर्ने दबाब भएको भन्दै सरकारले विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम ल्याउने सोच बनाएको बताएका छन् । 

वर्तमान सरकार आँटिलो भएको पनि उनले दाबी गरे । उनले भने, ‘परिस्थिति अलिकति असहज र तनावपूर्ण छ । एकखालको तनावलाई त ल्यान्डिङ ग¥यौँ । अब अहिले पनि एकखालको नीति र कार्यक्रमभन्दा पहिले विश्वास लिने कुरा आएको छ । हामी पनि यो सरकारले विश्वास लिएर मात्रै नीति, कार्यक्रममा जाने सोच बनाइरहेका छौँ । सरकार आँटिलै छ । सरकारले आँट गर्छ ।’

मन्त्री श्रेष्ठले ठूला अस्पतालहरूमा अक्सिजन प्लान्ट नहुनु विडम्बना भएको बताए । विगतमा अस्पतालहरूको क्षमताअनुसार अक्सिजन प्लान्टविना अस्पताल सञ्चालनको स्वीकृति नदिएको भए यस्तो अवस्था नआउने भन्दै उनले अस्पतालहरूलाई अक्सिजन प्लान्ट बनाउन निर्देशन दिएको पनि बताए । उनले भने, ‘ठूला–ठूला अस्पतालमा अक्सिजन प्लान्ट नहुनु योभन्दा ठूलो विडम्बना के हुन्छ ? अहिले आएर भनिरहेका छौँ, हरेक हस्पिटलमा अक्सिजन प्लान्ट बनाइयोस् । हिजै हस्पिटलहरूको अनुमति दिँदाखेरि हस्पिटलको क्यापासिटीअनुसार अक्सिजन प्लान्ट छ–छैन अक्सिजन प्लान्टबिना हस्पिटललाई स्वीकृति नदिने स्थिति भएको थियो भने प्रत्येक हस्पिटलमा अक्सिजन प्लान्ट हुन्थ्यो । अहिले हामीले भन्न थाल्यौँ– यति दिनभित्र हस्पिटलमा अक्सिजन प्लान्ट बनाउनुपर्ने खालको निर्देशन गरिरहेको स्थिति छ ।’

श्रेष्ठले नास्टले निर्माण गरेको अक्सिजनलाई टेस्ट गर्ने उपकरणको अनुगमनसमेत गरे । उनले महामारीको वेलामा नागरिकको जीवनरक्षाका लागि विज्ञान र प्रविधिको क्षेत्रबाट अनुसन्धान र अन्वेषण गर्न आग्रह पनि गरे । महामारीको वेलामा धेरै नियम र कानुन नहेरी जनतालाई जोगाउने र बचाउने सरकारको प्रमुख नीति भएकाले नास्टलाई अनुसन्धानका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको प्रतिबद्धता पनि उनले जनाए ।