१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एक क्विन्टल गाँजासहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:२१:oo

एक क्विन्टल लागुऔषध गाँजासहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीनजनालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले गाँजासहित हेटौँडा– १ बाट तीनजनालाई पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले भीमफेदी गाउँपालिकाको नामटारबाट हेटौँडातर्फ आउँदै गरेको ना.२ख ९८६२ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको जनाएको छ । ट्रक चेकजाँच गर्दा क्याबिनको हुटमा फल्स बटम बनाई लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए । 

पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका– ५ बस्ने चालक ४९ वर्षीय आइतेबहादुर ठाडामगर, गाँजा ओसारपसारमा संलग्न भएको भन्दै मकवानपुर भीमफेदी गाउँपालिका– ९ बस्ने ४१ वर्षीय राजकुमार तामाङ र कैलाश गाउँपालिका– १० बस्ने ३६ वर्षीय सविन भन्ने सुविन रुम्बा रहेका छन् ।
 

ad
ad