१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
बसन्त खतिवडा बारा
२o८१ जेठ १ मंगलबार o९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बारामा नाै र सात वर्षीय दाजुभाइको घाँटी रेटी हत्या 

Read Time : < 1 मिनेट
बसन्त खतिवडा बारा
नयाँ पत्रिका बारा
२o८१ जेठ १ मंगलबार o९:५७:oo

बारामा एकै परिवारका दुई दाजुभाइको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा नाै वर्षीय उसमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् ।

कलैया उपमहानगरपालिका– ७ निवासी अब्दुल रसारका दुई छोरा हिजो बेलुकादेखि बेपत्ता थिए । रसार वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहेका छन्।

घटनास्थल सील गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । घटनाका सम्बन्धमा प्रहरीले केही समयपछि विस्तृत विवरण दिने बताएको छ । 

ad
ad