१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३ सोमबार १८:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचखालका मेयर महेश खरेल भन्छन्– कोरोना नियन्त्रणमा प्रदेश र केन्द्रले सहयोग गरेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३ सोमबार १८:०५:००

काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । ‘गत वर्ष पहिलो लहरका कोरोनामा प्रदेशले जम्मा ११ लाख रुपैयाँ बजेट दिएको थियो, यो वर्ष त त्यो पनि छैन,’ खरेलले भने, ‘केन्द्र सरकारले पनि निर्देशन दिन्छ, तर बजेट र खर्च दिँदैन, हामीले कसरी काम गर्ने ?’ 

कांग्रेसको कोभिड– १९ अनुगमन समितिले गरेको बागमती प्रदेशमा कोभिड महामारीको अवस्था र कांग्रेसको भूमिका विषयक कार्यक्रममा खरेलले प्रदेश र केन्द्र सरकारले कांग्रेसबाट जितेका जनप्रतिनिधि रहेका स्थानीय तहलाई हेर्ने दृष्टिकोण नै भेदभावपूर्ण रहेको गुनासो गरे । ‘बजेट प्रदेश र केन्द्रमा खर्च नभएर बसेको छ, तर जनता रोगले मात्रै होइन, भोकले पनि मर्न थालेका छन्, यस्तो वेला पनि सरकारले नखोलेको थैलो कहिले खोल्छ ? त्यो बजेट कहिले काम लाग्छ ?’ उनले प्रश्न गर्दै भने, ‘यस्तो महामारीका वेला पनि सरकार चुनाव केन्द्रित हुनु गलत हो ।’

उनले अब केही दिनभित्रै मजदुरहरू भोकभोकै परेर हिँड्ने अवस्था सिर्जना भएकाले निषेधाज्ञाका कारण प्रभावित मजदुर वर्गका लागि तत्कालै राहतको कार्यक्रम ल्याउनुपर्ने बताए ।