१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ जेठ २ आइतबार १५:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी एकता टुंग्याउन ओली–नेपाल वार्ता, १० सदस्यीय कार्यदल गठन (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७८ जेठ २ आइतबार १५:३३:००

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता टुंग्याउन १० सदस्यीय कार्यदल गठन गरेका छन् । ओली र नेपालबीच सिंहदरबारमा आइतबार भएको वार्तामा दुवैतर्फबाट पाँच–पाँचजना सदस्य रहने गरी कार्यदल गठन गरिएको छ । 

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल रहेका छन् । नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।  

वार्तापछि नेपालले पत्रकारहरूसँग भने, ‘मैले अघि सारेको ६बुँदे प्रस्तावमा आधारित भएर पार्टी संरचनालाई २ जेठ ०७५ मा फर्काउन कार्यदल बनेको छ । सकभर तीन दिनभित्र काम सक्न भनिएको छ, तर समय पुग्दैन भन्ने कुरा पनि आएको छ । कार्यदलले छिट्टै काम सक्नेछ ।’

पूर्वमाओवादीको तर्फबाट पनि कार्यदल सदस्य राख्ने चर्चा हुँदै आए पनि नेपाल पक्षले असन्तुष्टि राखेपछि उनीहरूलाई समेटिएको छैन । 

नेपाल पक्षले राखेको २ जेठ ०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गर्नुपर्ने र आगामी दिनमा सहमतिको आधारमा अघि बढ्नुपर्ने माग राखेको छ ।