मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १ शनिबार १६:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा सांसद यादवको प्रश्न– पार्टी विधानविपरीत राजेन्द्र महतो कसरी दलको नेता बन्न सक्छन् ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १ शनिबार १६:५५:००

जनता समाजवादी पार्टी (जसपा)का सांसद रामबाबु यादवले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पार्टीको विधानविपरीत राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यादवले संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भए पनि महतोलाई संसदीय दलको नेता विधानविपरीत बनाइएको बताएका हुन् । 

उनले भने ‘अहिले हाम्रो संसदीय दलको विधान बनेको छैन । विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’

सांसद यादवले ठाकुर–महतो पक्षले आपूmहरूलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरी प्रचार गरिएको भन्दै यादवले विधानविपरीत गर्नेलाई कारबाही गरिने पनि बताए । 

उनले भने ‘विधानभन्दा तलमाथि जसले गर्छ, त्यसलाई कारबाही हुन्छ । कारबाही हुनेबित्तिकै बस्न इच्छा लागे कारबाही स्विकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’

जसपाभित्र बाबुरा भट्टराई–उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तीव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको सँघारमा पुगेको छ ।