मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख ३० बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ३० बिहीबार १६:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामकुमारी झाँक्री भन्छिन्– ठोस प्रस्तावविनाको संवादको अर्थ छैन,  एक मात्र विकल्प हो विद्रोह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ३० बिहीबार १६:२६:oo

एमाले नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले ठोस प्रस्तावविनाको संवादको अर्थ नरहेको बताएकी छिन् ।

अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको वेला झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छिन्, ‘ठोस प्रस्ताव र लिखित सहमतिविना अलमलमा पर्नुहुन्न । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदै छ । ठोस प्रस्तावविनाको संवादको अर्थ छैन । जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको विसर्जन गर्छ । सचेत बनौँ ।’