प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनका विषयमा छलफल गर्न २५ वैशाख शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन २७ वैशाखमा आह्वान भएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार कांग्रेस नेताहरूलाई भेटेर विश्वासको माग मागेका थिए । तर, कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जवाफ दिएको छ ।
कांग्रेस पदाधिकारी बैठकले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।