१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २१ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख २१ मंगलबार १२:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चामल, दालजस्ता दैनिक उपभोग्य वस्तु  तीन महिनालाई स्टक छ : विभाग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख २१ मंगलबार १२:३९:oo

चामल, दालजस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुहरू पूर्ण रूपमा लकडाउन भएको अवस्थामा पनि तीन महिनालाई पुग्ने गरी बजारमा स्टक रहेको बताए ।

उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रूपमा भइरहेको पौडेलले बताए । मंंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्यपद्धार्थको उपलब्धता सहज रूपमा हुने भन्दै उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद सञ्चय नगर्न पनि आग्रह गरे ।

 खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए । उनले भने, ‘चामल, दाल, नुन, तेल, चिनीलगायतका न्यूनतम वस्तुको स्टक करिब तीन महिनालाई अझै पनि हामीलाई सप्लाईमा समस्या छैन । नआए पनि पुग्छ । खाद्यपद्धार्थको आपूर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनुभो भने मूल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।’

दैनिक उपभोग्य वस्तुहरूको अस्वाभाविक मूल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउने लाई कारबाही गरिने महानिर्देशक पौडेलले बताए । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रूपमा अनुगमन गरिरहेको उनको भनाइ छ । उनले भने, ‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ । बजारमा वस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धिलगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ ।’

उनले दैनिक उपभोग्य वस्तुको आयातमा कुनै पनि प्रकारको समस्या नभएको पनि बताए । दैनिक उपभोग्य वस्तुहरू, मास्क, स्यानिटाइजरजस्ता अत्यावश्यक वस्तुहरू सहज रूपमा नाकाबाट आयात भइरहेको उनको भनाइ छ । उनले भने,  ‘भन्सार नाकाका छेउमा आयात गरेर राखिएका गोदामहरू छन् । त्यो गोदामहरूबाट काठमाडौंसम्म ल्याउनका लागि दैनिक उपभोग्य वस्तुका साधनहरू, मास्क स्यानिटाइजरजस्ता अहिले अत्यावश्यक भएका वस्तुहरू सँगसँगै उद्योगको कच्चा पद्धार्थका लागि आउने सवारीसाधनलाई रोकिएको छैन ।’

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा मूल्यवृद्धि भएको बताए । उनले भने, ‘बजारमा दुई–तीन वस्तुहरूको अस्वाभाविक मूल्यवृद्धि छ । वृद्धि हुनुपर्ने कारण केही पनि छैन । चिनीको मूल्यवृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्नेहरूले आपूर्तिमा असहजता छ भनेर हल्ला फिँजाएर आफ्नो अभीष्ट पूरा गर्न लागे । मास्क, स्यानिटाइजरमा कालोबजारी छ । त्यो नियन्त्रण सँगसँगै दैनिक उपभोग्य वस्तुको  अनुगमनमा जानुपर्छ । उपभोक्ता आतंकित छन् । आतंकबाट रोक्नुपर्छ ।’

यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए ।